साफ च्याम्पियनसिप खेल्ने नेपालको टोलीमा अटाएनन् राजन र विकेश

काठमाडौँ : साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय टोली घोषणा भएको छ। आइतबार नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले टोलीको घोषणा गरेका हुन्।
टोलीमा डिफेन्डर राजन गुरुङ र गोलकिपर विकेश कुथु भने अटाएनन्। साफको तयारीमा रहेको नेपाली टिम यति बेला कतारमा प्रशिक्षणरत छ। नेपाली टिम कतारबाट साफका लागि सेप्टेम्बर २७ मा मालदिभ्स जानेछ।
आगामी अक्टोबर १ देखि १६ सम्म मालेमा आयोजना हुने साफ च्याम्पियनसिपमा नेपालले आयोजक मालदिभ्ससँग खेल्दै छ। नेपाल र माल्दिभ्सबीचको खेल १५ असोजमा हुनेछ। दोस्रो खेल १८ असोजमा श्रीलङ्कासँग खेल्नेछ।
नेपालले २४ असोजमा भारतसँग तेस्रो खेल खेल्नेछ। असोज २७ मा बङ्गलादेशसँग नेपालले खेल्नेछ। यस पटक साफमा पाकिस्तान र भुटान सहभागी छैनन्।
नेपाली टिम :
गोलकिपर : किरण कुमार लिम्बु, विशाल श्रेष्ठ, दीप कार्की।
रक्षक: दिनेश राजवंशी, अनन्त तामाङ, सुमन अर्याल, गौतम श्रेष्ठ, रोहित चन्द, पूजन उपरकोटी ।
मिडफिल्डर: तेज तामाङ, सन्तोष तामाङ, सुमन लामा, सुरज जिउ ठकुरी, आयुष घलान, कमल थापा, सुजल श्रेष्ठ, नितिन थापा, मनिष डाँगी, अञ्जन विष्ट, विशाल राई, सुनिल बल ।
स्ट्राइकर: नवयुग श्रेष्ठ, आशिष् लामा ।
असोज १०, २०७८ आइतबार १९:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।