नेपालीलाई घुम्न १० दिने पर्यटन काज बिदा कार्यान्वयन गर्न होटेल सञ्चालकहरूको माग

विश्व पर्यटन दिवस २०२१ को अवसरमा हानले जारी गरेको विज्ञप्तिमा कोरोना विरुद्धको निर्धारित खोपको मात्रा पूरा गरी आउने विदेशी पर्यटकलाई अन-अराइभल भिसा उपलब्ध गराउन, क्वारेनटिन बस्नु नपर्ने व्यवस्थाले होटेल व्यवसायी उत्साहित भएको जनाउँदै यसबाट मुलुकमा पर्यटन सम्भावनाको ढोका खुलेको प्रतिक्रिया दिएको छ।
करिब ४० प्रतिशत भन्दा माथि नेपाली नागरिकहरूले कोभिडविरुद्धको खोप लगाइसकेकाले अन्तर्राष्ट्रिय जगतमा मुलुकलाई रेड जोनबाट हटाउन सरकारी तवरबाट पहल गर्न समेत उनले माग गरेको छ।
सरकारबाट जारी भएको विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्था सम्बन्धी आदेश २०७८ को शीघ्र कार्यान्वयन गर्न र सरकारबाट घोषित १० दिने पर्यटन काज र अन्तर्राष्ट्रिय पर्यटकलाई एक महिनाको निःशुल्क प्रवेशाज्ञा जारी गर्ने व्यवस्था गर्न उसले माग गरेको छ।
असोज १०, २०७८ आइतबार १७:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।