नेप्सेको कारोबार रकम साढे ६ अर्ब, अरुण भ्यालीको उच्च कारोबार

नेप्सेको कारोबार रकम साढे ६ अर्ब, अरुण भ्यालीको उच्च कारोबार

२३३ कम्पनीको १ करोड ४४ लाख ९४ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५० करोड बराबरको कारोबार भएको छ। आइतबार १३ वटा उपसूचक मध्य म्युचलफण्ड बाहेकका सबै इन्डेक्स घटे। म्युचअल फन्ड ०.२१ प्रतिशतले वृद्धि भएको छ।

आइतबार सबै भन्दा धेरै फाइनान्सको सेयर मूल्य घट्यो। फाइनान्स उपसूचक  ५.८९ प्रतिशतले घट्यो। यस्तै बैङ्किङ ०.९३ प्रतिशत, ट्रेडिङ ३.१५, होटेल एन्ड टुरिजम २.६९ प्रतिशत डेभलपमेण्ट बैङ्क २.५ प्रतिशत, हाइड्रोपावर ४.३ प्रतिशत, ननलाइफ इन्स्योरेन्स २.८५ प्रतिशतले घट्यो।

नकारात्मक सर्किट लागेको मनकामना स्मार्ट लघुवित्तसहित ८ कम्पनीको मूल्य भने बढेको छ। सबैभन्दा बढी सेयर कारोबार अरुण भ्याली हाइड्रोको भयो।

असोज १०, २०७८ आइतबार १७:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।