ईपीएलः विराटनगर र चितवन भिड्दै, पहिलाे ओभरमै साेमपालले लिए २ विकेट

काठमाडाैंः जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गतकाे दाेश्राे खेलमा आज विराटनगर वरियर्स र चितवन टाइगर्स भिड्दैछन्। टस जितेर चितवनले बलिङ राेजेकाे छ।
यस्तै चितवनका कप्तान पेस बलर साेमपाल कामीले आफ्नाे पहिलाे ओभरमै दुई विकेट लिएका छन्। उनले पहिलाे ओभरकाे दाेश्राे बलमा आशिफ शेखलाई शून्य रनमा पभेलियन फर्काए भने अन्तिम बलमा रायन पठानलाई ४ रनमा पभेलियन फर्काए।
हाल खेलमा ७औँ ओभर जारी छ। खेलमा विराटनगरले ३ विकेट गुमाउँदै ३७ रन बनाएकाे छ।
असोज १०, २०७८ आइतबार १०:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।