बुटवल नगर सभापतिमा पौडेल पक्षका खेलराज

बुटवल नगर सभापतिमा पौडेल पक्षका खेलराज

बुटवल :  नेपाली काँग्रेस बुटवल नगर सभापतिमा खेलराज पाण्डे विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी रिता केसीलाई झन्डै दोब्बर मतले हराउँदै पाण्डे विजयी भए।

पाण्डे पौडेल पक्ष हुन भने केसी देउवा पक्षका। पाण्डे  हाल पनि नगर सभापति नै हुन्।  उनी तेस्रो पटक नगर सभापतिमा  निर्वाचित भएका हुन। 

उनले ४ सय १२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी रिता केसीले १ सय १४ मत ल्याइन। यस्तै  उप सभापतिमा ज्योति भण्डारी र हितमान पुन विजयी भएका छन्। 

सचिवमा गङ्गा पन्थी र छापा पोखरेल विजयी भएका छन् ।यस्तै  सह सचिवमा देवलाल अर्गाली र पुरुषोत्तम खनाल निर्वाचित भएका हुन ।

रुपन्देहीको तिलोत्तमामा हरिलाल पाण्डे विजयी भएका थिए। उनी देउवा निकट हुन्। उनले पौडेल पक्षका उम्मेदवार नारायण न्यौपानेलाई हराउँदै नगर सभापति भएका हुन्। पाण्डे खाँड समूहका हुन्।

असोज ९, २०७८ शनिबार २२:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।