तिलोत्तमा नगर सभापतिमा खाँड पक्षधर पाण्डे

तिलोत्तमा नगर सभापतिमा खाँड पक्षधर पाण्डे

बुटवल :  नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडको गृह नगर रुपन्देहीको तिलोत्तमामा हरिलाल पाण्डे विजयी भएका छन्।

उनले पौडेल पक्षका उम्मेदवार नारायण न्यौपानेलाई हराउँदै नगर सभापति भएका हुन्। पाण्डे खाँड समूहका हुन्।

पौडेल पक्षका न्यौपानेलाई २ मतले पछि परे। पाण्डे हाल नगर सभापति नै हुन्। न्यौपाने तिलोत्तमा वडा नं ९ का वडा अध्यक्ष समेत हुन।

पाण्डेले १७४ मत ल्याए भने न्यौपानेले १७२ मत ल्याए । त्यस्तै सभापतिका अर्का उम्मेदवार हरि तिवारीले ३० मत ल्याए।

असोज ९, २०७८ शनिबार २१:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।