ललितपुरलाई हराउँदै काठमाडाैं विजयी

काठमाडाैंः जारी एभरेष्ट प्रिमियर लिगमा काठमाडाैं किंग्स ११ ले विजयी सुरुआत गरेकाे छ। आज भएकाे खेलमा ललितपुर पेट्रियट्सलाई ७ विकेटले पराजित गर्दै काठमाडाैंले विजयी सुरुआत गरेकाे हाे।
टस हारेर पहिले ब्याटिङ गरेकाे ललितपुरले निर्धारित २० ओभरकाे खेलमा १ सय ५७ रन बनाउन सफल भएकाे थियाे। काठमाडौंले १४ ओभर २ बलमा ३ विकेटकाे क्षतिमा ललितपुरले दिएकाे लक्ष्य भेटाएकाे थियाे।
काठमाडौंको जीतमा ७३ रन जाेड्दै रायन ब्रुल र ५९ रन जाेड्दै रहमानउल्लाह गुर्बाजले महत्त्वपूर्ण पारी खेले। यस्तै बलिङतर्फ काठमाडाैंका लागि जितेन्द्र मुखियाले ४ विकेट लिए। काठमाडौंले जीतसँगै एक खेलबाट २ अंक जोडेको छ।
प्रतियोगितामा आइतबार दुई खेल हुनेछ। पहिलो खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्स भिड्नेछन् भने दोस्रो खेलमा भैरहवा ग्ल्याडिएटर्स र पोखरा राइनोज भिड्नेछन्।
असोज ९, २०७८ शनिबार १७:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।