काठमाडाैंलाई ललितपुरले दियाे १५८ रनकाे लक्ष्य

काठमाडाैंलाई ललितपुरले दियाे १५८ रनकाे लक्ष्य

काठमाडाैंः जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा आज भइरहेकाे पहिलाे खेलमा ललितपुर पेट्रियट्सले काठमाडाैं किंग्स ११ लाई एक सय ५८ रनकाे लक्ष्य दिएकाे छ। ललितपुरले निर्धारित २० ओभरकाे खेलमा ८ विकेट गुमाउँदै एक सय ५७ रन बनाएकाे हाे। 

ललितपुरका लागि पवल सर्राफले ६१ रनकाे अर्धशतकीय पारी खेले। यस्तै याेगेन्द्र कार्कीले २० बलमा एलबीडब्ल्यू हुनुअघि ३१ रनकाे पारी खेले। ललितपुरका कप्तान कुशल भुर्तेल भने आज पहिलाे बलमै पभेलियन फर्के। उनी जितेन्द्र मुखियाकाे बलमा शून्य रनमा आउट भए। 

बलिङतर्फ काठमाडाैंका लागि जितेन्द्र मुखियाले ४ विकेट लिए भने कप्तान सन्दीप लामिछाने आज महंगाे सावित भए।  

असोज ९, २०७८ शनिबार १४:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।