स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित नागढुङ्गाबाट दुई भारतीय पक्राउ

काठमाडाैंः स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले सवारीसाधन जाँच गर्ने क्रममा गएराति उनीहरूलाई पक्राउ गरेकाे हाे।
पक्राउ पर्नेमा भारतको महाराष्ट्र घर भएका २६ वर्षीय सागर माली र सोही ठाउँका १९ वर्षीय कृष्ण अढाडे रहेका छन्। सागरका साथबाट रु ४५ लाख र कृष्णका साथबाट रु ५० लाख बरामद गरिएको काठमाडौं महानगरीय प्रहरी परिसरले आज जारी गरेको विज्ञाप्तिमा जनाइएको छ।
चितवनबाट काठमाडौं आउदै गरेको ग१ख ६६४५ नम्बरकाे माइक्रोमा सवार उनीहरूले झोलामा उक्त रकम लुकाएर ल्याएका थिए।
उनीहरूले पैसाको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
असोज ९, २०७८ शनिबार १३:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।