पहिलाे २ ओभरमै ३ विकेट गुमायाे ललितपुरले

काठमाडाैंः आजबाट सुरु भएकाे एभरेष्ट प्रिमियर लिग (ईपीएल)को पहिलाे खेलमा टस जितेर काठमाडाैं किंग्स ११ ले बलिङ राेजेकाे छ। साविक विजेता ललितपुर प्याट्रियट्स ब्याटिङमा उत्रिएकाे छ।
ईपीएलकाे याे चौथो संस्करण हाे। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल आयाेजना भइरहेकाे छ। स्टार खेलाडी सन्दीप लामिछानेकाे कप्तानीमा उत्रिएकाे काठमाडाैंले कुशल भुर्तेलकाे कप्तानीमा उत्रिएकाे ललितपुरलाई पहिलाे २ ओभरमै झट्का दिएकाे छ।
ललितपुर प्याट्रियट्सले २ ओभरकाे खेल सकिँदा ९ रन बनाउँदै ३ विकेट गुमाएकाे छ। काठमाडाैंका लागि जितेन्द्र मुखिया आज चम्किएका छन्।
असोज ९, २०७८ शनिबार १२:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।