युराेपियन युनियनकाे प्रस्तावले स्मार्टफाेन निर्माता 'एप्पल' तनावमा

एजेन्सीः युराेपियन युनियनले सबै स्मार्टफाेनमा 'यूएसबी-सी' पाेर्ट चार्जरकाे प्रयाेग गरिनुपर्ने भन्दै प्रस्ताव पेश गरेपछि स्मार्टफाेन निर्माता कम्पनी एप्पललाई समस्या पर्ने भएकाे छ। बिहीबार युराेपियन युनियनले स्मार्टफाेन, ट्याब्लेट, क्यामेरालगायतका विद्युतिय सामाग्रीमा यूएसबी-सी चार्जर राखिनुपर्ने भन्दै प्रस्ताव पेश गरेकाे थियाे।
यता विश्व नम्बर एक स्मार्टफाेन निर्माता एप्पल भने आफ्नाे 'लाइटनिङ' पाेर्ट प्रयाेग गर्दै आइरहेकाे छ। आइफाेनमा याे सिग्नेचर पाेर्ट पनि हाे। युराेपियन युनियनकाे प्रस्ताव कार्यान्वयनमा आउने लगभग निश्चित भएकाे बेला एप्पल भने तनावमा छ।
एप्पलकाे सबैभन्दा ठूलाे बजार नै युराेपेली बजार हाे। त्यहाँ आफ्नाे सिग्नेचर पाेर्ट प्रयाेगमा नआउनु एप्पलका लागि ठूलाे घाटाकाे विषयकाे भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
युराेपियन युनियनका प्रविधि प्रमुख मार्गरेथ भेष्टेगरले युराेपेली जनता अमिल्दाे चार्जरका कारण लामाे समयदेखि दिक्क मानिरहेका कारण यस्ताे निर्णय लिइएकाे बताइन्। उनले याे निर्णय उपभाेक्ता तथा वातावरणका लागि महत्त्वपूर्ण निर्णय भएकाे पनि बताइन्।
युराेपियन कमिसनका अनुसार युराेपेली जनता सरदरमा तीन वटा चार्जर बाेक्छन्। यस्तै ३८ प्रतिशत उपभाेक्ता कम्तिमा एक पटक चार्जर नभेटाएर चार्ज गर्नबाट वञ्चित भएका छन्। कमिसनका अनुसार विद्युतिय उपकरणसँग मिल्ने चार्जर किन्नलाई वार्षीक दुई खर्ब ८ अर्ब अमेरिकी डलर खर्च हुने गरेकाे छ।
असोज ८, २०७८ शुक्रबार १४:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।