सुन तोलामा ६ सय रुपैयाँले घट्यो 

सुन तोलामा ६ सय रुपैयाँले घट्यो 

काठमाडौँ : छापावाल सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा ६ सय रुपैयाँले घटेर ८९ हजार रुपैयाँ कायम भएको छ। बिहीबार सुनको भाउ तोलाको ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुनको भाउ ८८ हजार ५५० कायम भएको महासङ्घले जनाएको छ। महासङ्घका अनुसार चाँदीको भाउ ११६० रुपैयाँ कायम भएको छ।

असोज ८, २०७८ शुक्रबार ११:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।