डा. पुकारचन्द्रले सम्हाले राष्ट्रिय प्रत्यारोपण केन्द्रकाे प्रमुखकाे जिम्मेवारी

डा. पुकारचन्द्रले सम्हाले राष्ट्रिय प्रत्यारोपण केन्द्रकाे प्रमुखकाे जिम्मेवारी

काठमाडौंः भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त भएका डा. पुकारचन्द्र श्रेष्ठले पदभार ग्रहण गरेका छन्। अधिकृत दशौं तहका वरिष्ठ कन्सल्टेण्ट सर्जन डा. श्रेष्ठले बिहीबार अस्पताल पुगेर कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका हुन्। 

मंगलबारको मन्त्रिपरिषद्को निर्णयअनुसार उनी ४ वर्षका लागि केन्द्रको कार्यकारी निर्देशकका पदमा नियुक्त भएका हुन्। डा. श्रेष्ठले भने, ‘यो कार्यकारी निर्देशक पद हो। ४ वर्षका लागि नियुक्ति भएको हो।’

यसअघि उनी चिकित्सा राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा थिए।

असोज ७, २०७८ बिहीबार १७:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।