नेप्से झिनाे अंकले बढ्यो

काठमाडौंः साताको सेयर बजारको अन्तिम दिन बिहिबार नेप्से परिसुचक झिनो अंकले बढेको छ। आज नेप्से २.७० अंकले बढेर २ हजार ८१९.६५ को विन्दुमा कायम भएको छ।
आज २२८ वटा कम्पनीको ८७ हजार ८१० कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँको कारोबार भएको छ। १३ वटा उपसूचकमध्ये बैकिंङ र फाइनान्सबाहेक सबै उपसुचकमा गिरावट आएको छ।
आज बैंक २.४७ प्रतिशत र फाइनान्स ०.३१ प्रतिशतले वृद्धि भएको छ। आज इन्भेस्टमेन्ट उपसूचक २.२ प्रतिशत, हाइड्रोपावर २.२४ प्रतिशत होटल एण्ड टुरीजम् २.८६ प्रतिशतले कमि आएको छ।
आज एउटा कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ। आज मनकामना लघुवित्तको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको हो।
असोज ७, २०७८ बिहीबार १६:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।