आज आईपीएलमा मुम्बई र काेलकाता भिड्दै

आज आईपीएलमा मुम्बई र काेलकाता भिड्दै

काठमाडाैंः विश्व चर्चित भारतीय क्रिकेट लिग आईपीएलमा आज मुम्बई इण्डियन्स र काेलकाता नाइट राइडर्स भिड्दैछन्। नेपाली समयअनुसार आज साँझ ७ः४५ बाट यी दुई टाेलीबीचकाे खेल सुरु हुनेछ। 

मुम्बईकाे कप्तानी राेहित शर्माले र काेलकाताकाे कप्तानी इंग्लिस कप्तान ओइन माेर्गनले गर्नेछन्। 

काेराेना सङ्क्रमणका कारण बीचमै अवरुद्ध आईपीएलकाे याे दाेश्राे फेजमा मुम्बईले चेन्नाईविरुद्धकाे पहिलाे खेलमा हार व्यहाेरेकाे थियाे भने काेलकाताले राजस्तानविरुद्ध जीत हासिल गरेकाे थियाे। 

स्टार खेलाडीले भरिएकाे मुम्बई र काेलकाताबीचकाे खेल निकै राेमाञ्चक हुने खेल विश्लेषकहरूले बताएका छन्।

असोज ७, २०७८ बिहीबार १३:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।