हैजाबाट नाइजेरियामा ३ सय २९ को निधन

एजेन्सीः नाइजेरियाको एक उत्तरी प्रान्तमा गएको मार्च महिनादेखि सुरु भएको हैजाको प्रकोपका कारण कम्तीमा पनि ३ सय २९ जनाको ज्यान गएको छ। नाइजेरियाली एक स्वास्थ्य अधिकारीका अनुसार कानो राज्यमा हैजाबाट ती व्यक्तिहरूको ज्यान गएको हाे।
सो राज्यका स्वास्थ्य अधिकारी सुलेइमान इस्लियाका अनुसार उक्त राज्यका कम्तीमा पनि ४४ स्थानीय तहमा हैजाको प्रकोप फैलिएको थियो। ती स्थानीय निकायहरूमा ११ हजार एक सय १५ जनामा हैजा फैलिएको आशंका गरेर परीक्षण गरिएको थियो। तीमध्ये स्वास्थ्य परीक्षणमा धेरै निको भएका थिए।
हाल ३१ जना हैजा लागेको व्यक्ति अस्पतालमा उपचार गराइरहेका बताइएको छ। हाल हैजाको प्रकोप देखिएका स्थानहरूमा स्वास्थ्य निगरानी राखिएको छ।
असोज ७, २०७८ बिहीबार १२:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।