आणविक अस्त्र निषेध गर्न दबाब

तस्बिर : कृष्पा श्रेष्ठ।
काठमाडौँ : आणविक अस्त्ररहित विश्वका लागि आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर्न दबाब दिन मानव अधिकारकर्मीहरूले माग गरेका छन्।
उनीहरूले प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्दै सो सन्धि अनुमोदनका लागि दबाब दिएका हुन्। उनीहरूले अमेरिका लगायतका देशलाई सो सन्धि अनुमोदन गर्न माग गर्दै प्लेकार्ड प्रदर्शन गरेका थिए।
मानव अधिकार तथा शान्ति समाजले विरोध कार्यक्रमको आयोजना गरेको थियो।
असोज ५, २०७८ मंगलबार १६:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।