प्रधानन्यायाधीश राणाकाे इजलासमा कुलमानकाे नियुक्तिविरुद्धकाे रिट

काठमाडाैंः नेपाल विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशक पदमा कुलमान घिसिङकाे नियुक्ति असंवैधानिक भन्दै परेकाे रिट प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणाकाे इजलासमा परेकाे छ। प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले दायर गरेको रिट प्रधानन्यायाधीश राणाले आफ्नाे इजलासमा राखेका हुन्।
निवर्तमान कार्यकारी निर्देशक शाक्यले गत साउन ३२ मा रिट दायर गरेका थिए। साे मुद्दामा यसअघि भएकाे सुनुवाइमा दुवै पक्षकाे तर्फबाट आवश्यक कागजात पेश गर्न आदेश दिइएकाे थियाे।
असोज ५, २०७८ मंगलबार १२:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।