रूसकाे एक विश्वविद्यालयमा गाेली चल्दा ८ जनाकाे निधन

एजेन्सीः रूसकाे पर्म शहरमा अवस्थित पर्म स्टेट विश्वविद्यालयमा गाेली चल्दा ८ जनाकाे निधन भएकाे छ। साेमबार बिहान एक बन्दुकधारीले अन्दाधुन्द गाेली चलाउँदा ८ जनाकाे ज्यान गएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
गाेली चल्ने क्रममा थुप्रै विद्यार्थी तथा शिक्षकहरू क्याम्पस हाताभित्रै लुकेर बसेका थिए भने अन्यले ज्यान बचाउन झ्यालबाट हाम फालेका थिए। प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिएकाे छ भने उनी पनि विद्यार्थी नै भएकाे पुष्टि भएकाे छ।
रूसी सञ्चारमाध्यमहरूमा विद्यार्थी झ्यालबाट हामफालिरहेकाे दृश्य प्रशारण भएकाे थियाे।
विभिन्न रिपाेर्टअनुसार ती बन्धुकधारीले सामाजिक सञ्जालमा आफू एक्लैले गाेली चलाएकाे र कुनै प्रकारकाे राजनीतिक र धार्मिक उद्देश्य नरहेकाे लेखेका थिए।
पर्म रूसकाे पुरानाेमध्येकाे विश्वविद्यालय हाे। घटनास्थल राजधानी मस्काेबाट ८०० माइल टाढा अवस्थित छ।
असोज ४, २०७८ सोमबार १५:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।