फ्रान्सले अमेरिका र अस्ट्रेलियामा रहेका राजदूत फिर्ता बोलाउने

एजेन्सी : फ्रान्सले अमेरिका र अस्ट्रेलियामा रहेका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
आफ्नो देशसँग भएको सम्झौतालाई तोडेर तीन देशबीच परमाणु पनडुब्बी सम्झौता आपत्ति जनाउँदै फ्रान्सले अमेरिका र अस्ट्रेलियामा रहेका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
अस्ट्रेलियाले फ्रान्ससँगको सम्झौता तोडेर अमेरिका र बेलायतसँग नयाँ सम्झौता गरेपछि अपमान भएको र अर्बौँ डलरको सम्झौता तोडिएको भन्दै अस्ट्रेलिया र अमेरिकाका राजदूत फिर्ता बोलाइएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।
फ्रान्सले युरोपमा रहेको इन्डो प्यासिफिक क्षेत्रको महत्त्वलाई कमजोर पार्ने षड्यन्त्रका रूपमा नयाँ सम्झौता भएको प्रतिक्रिया दिएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेन राजदूत फिर्ता बोलाउने फ्रान्सको निर्णयले मतभेद झनै बढाउने प्रतिक्रिया दिएका छन्।
असोज २, २०७८ शनिबार २२:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।