भारतीय अभिनेता साेनू सूदकाे घरमा आयकर विभागकाे 'रेड'

भारतीय अभिनेता साेनू सूदकाे घरमा आयकर विभागकाे 'रेड'

सूदले सुटिङकाे लागि लिएकाे पैसामा समेत अनियमितता गरेकाे आराेप छ। आयकर विभागले सूदकाे च्यारिटी संस्थाकाे आर्थिक खातामा पनि अनुसन्धान गरिरहेकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

आयकर विभागका अधिकारीहरूका अनुसार सूदले घरजग्गा काराेबारकाे सम्बन्धमा अनियमितता गरेकाले छापा मारिएकाे हाे। यद्यपि सामाजिक सञ्जालमा भने सूद आम आदमी पार्टीमा प्रवेश गरेकाले आयकर विभागले छापा मारेकाे भन्दै साे कार्यकाे व्यापक विराेध हुँदै आएकाे छ। यसअघि सूदलाई दिल्ली सरकारले छात्रासम्बन्धी कार्यक्रमकाे ब्राण्ड एम्बेसडर बनाएकाे थियाे।

काेराेना महामारी र लकडाउनकाे अवस्थामा सूदले हजाराैँ आम नागरिकलाई सहायता गरेका थिए। उनले व्यक्तिगत खर्चमा सयाैँलाई आआफ्नाे घर पठाएका थिए।

असोज १, २०७८ शुक्रबार १५:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।