कालिकोटकी अमिला दमाई भेरी नदीमा हाम फालेर बेपत्ता  

कालिकोटकी अमिला दमाई भेरी नदीमा हाम फालेर बेपत्ता  
फाइल तस्बिर

वर्षाको उर्लिँदो भेलमा बिहीबार दिउँसो वीरेन्द्रनगर—११ स्थित तिलागुफा नगरपालिका–६ कालिकोटकी अमिला हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

भेरी किनारमा मलामी गएकाहरूले हाम फालेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय छिन्चु र प्रहरी चौकी सुब्बाकुनाबाट गएको टोलीले घटनास्थलमा छाता, मोबाइल र कपडाको आधारमा अमिला नै भएको पुष्टि गरेको हो।

घटनास्थलमा छोडिएको ग्लोबल आइएमई बैङ्कको चेक प्रहरीले फेला पारेको छ। प्रहरीले नदीमा हाम फालेर बेपत्ता भएकी अमिलाका दाजु प्रकाश परियारसँग सम्पर्क गरेको छ।

उनी वीरेन्द्रनगरमै भएका कारण माइती पक्ष पनि घटना स्थलमा पुगेका छन्। नदीमा बेपत्ता भएकी अमिलाको खोजीमा प्रहरी जुटे पनि नदीमा पानीको बहाव उच्च रहेकाले भेटाउन मुस्किल भएको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ।

अमिलाले नदीमा हामफाल्नुको कारण भने नखुलेको प्रहरीले जनाएको छ।

 

भदौ ३१, २०७८ बिहीबार १७:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।