लुम्बिनी प्रदेश सभामा एमालेको अवरोध, असोज ७ गतेसम्म बैठक स्थगित 

लुम्बिनी प्रदेश सभामा एमालेको अवरोध, असोज ७ गतेसम्म बैठक स्थगित 

सभामुख पूर्णबहादुर घर्तीले एमालेको अवरोधकाबीच सांसदहरू अजय शाही र विमला कुमारी खत्रीको विषयमा उच्च अदालतमा रिट परेकाले सभामा विरोध जनाउन ध्यानाकर्षण गराएका थिए। 

एमालेले सूर्य चिन्हबाट निर्वाचित सांसदहरू शाही र खत्रीलाई पदमुक्त गर्न माग गर्दै निरन्तर सदन अवरुद्ध गरेको छ। एमालेका नेता एवं पूर्व मन्त्री बैजनाथ चौधरीले कारबाही गरिएका सांसदहरूलाई पदमुक्त नगर्दा सम्म बैठक चल्ने नदिने बताए।

एमालेले संसदीय मर्यादा पालना गर, अनुशासनहीन सांसदलाई कारबाही गर जस्ता नारा लगाउँदै नवौँ अधिवेशन सुरु भएदेखि नै बैठक निरन्तर अवरुद्ध गर्दै आएको छ।

भदौ ३१, २०७८ बिहीबार १६:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।