उत्तर र दक्षिण कोरियाले गरे क्षेप्यास्त्र परीक्षण

उत्तर र दक्षिण कोरियाले गरे क्षेप्यास्त्र परीक्षण

एजेन्सीः उत्तर कोरियाले बुधबार दिउँसो दुई क्षेप्यास्त्र परीक्षण गरेको छ। दक्षिण कोरियाली अधिकारीहरूका अनुसार उत्तर काेरियाले  देशको पूर्वी समून्द्रमा क्षेप्यास्त्र परीक्षण गरेको हाे।

यस्तै उत्तर कोरियाको मध्य भागबाट क्षेप्यास्त्र प्रहार भएको पनि बताइएको छ।

यता दक्षिण काेरियाले पनि बुधबारै क्षेप्यास्त्र परीक्षण गरेकाे छ। उत्तर काेरियासँग आणविक हतियारकाे सम्बन्धमा भएकाे छलफल राेकिएपछि दुवै देश शक्ति प्रदर्शनमा केन्द्रीत भएका छन्। 

दक्षिण काेरियाले भने समुन्द्री ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेकाे हाे। यस्ताे हतियार परीक्षण गर्ने दक्षिण काेरिया विश्वकाे साताैँ मुलुक भएकाे छ। 

भदौ ३०, २०७८ बुधबार २०:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।