दामाेदरकुण्डमा टेलिकमकाे ‘थ्रीजी’ सेवा सुरु

दामाेदरकुण्डमा टेलिकमकाे ‘थ्रीजी’ सेवा सुरु

मुस्ताङः नेपाल टेलिकमले मुस्ताङकाे दामाेदरकुण्डमा 'थ्रीजी' सेवा विस्तार गरेकाे छ। उपल्लो मुस्ताङमा रहेका दुईवटा बिटिएस टावरको स्तरोन्नति गरेर थ्रीजी स्तरकाे बनाइएकाे हाे।

स्तराेन्नतीसँगै जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र दामोदरकुण्डमा सञ्चार सेवा सहज भएको छ। टेलिकमका बागलुङ शाखा प्रमुख केशव शर्माका अनुसार दामोदरकुण्ड गाउँपालिकामा पर्ने घिलिङ लोदा र नाङ्लियाको ‘बिटिएस टावर’को स्तरोन्नति गरिएको हाे।

यस्तै चार हजार ४०० मिटरको उचाइमा रहेको धेयगाउँमा नयाँ बिटिएस टावर जडान गरिएको छ। “मुस्ताङमा यसै पनि लोड कम छ, त्यहाँ विस्तार भएको थ्रीजी सेवाले उपभोक्ताले उच्च गतिमा इन्टरनेट र भ्वाइस सुविधा पाउँछन्”, उनले भने। याेसँगै मुस्ताङका सबै गाउँ समेटिने गरी नेटर्वक विस्तार भएकाे पनि उनले बताए। 

यसअघि सदरमुकाम जोमसोम बजारमा ‘फोरजी’ सेवा विस्तार भइसकेकाे छ। 

भदौ २९, २०७८ मंगलबार १३:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।