अवैध रूपमा पैसा उठाएको अभियोगमा चार जना पक्राउ

अवैध रूपमा पैसा उठाएको अभियोगमा चार जना पक्राउ

बुटवल : अवैध रूपमा पैसा असुल गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

रुपन्देहीको मोतीपुरबाट जग्गा मिलाइदिने भन्दै स्थानीयसँग पैसा असुल गरेको अभियोगमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा स्याङ्जाका सोनु थापा, रुरु– १, गुल्मीका गोविन्द विक, मदाने, गुल्मीका भूपाल सिंह घर्ती र मदानेकै कमला पन्थी रहेका छन्। 

उजीरसिंह नगर नयाँ बस्ती विकास परिषद्, बुटवल, रुपन्देहीको नाममा फर्जी बिल बनाएर स्थानीयसँग दुई÷दुई सय रुपैयाँ उठाउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरू माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाले बताए।

भदौ २९, २०७८ मंगलबार १०:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।