राष्ट्रिय महिला फुटबल टोलीको बिदाइ

अखिल नेपाल फुटबल सङ्घ एन्फाले सोमबार महिला टोलीलाई बिदाइ गरेको हो।
एएफसी महिला एसियन कप–२०२२ छनोट प्रतियोगिताका लागि नेपाली टोली उज्बेकिस्तान जान लागेको हो। नेपाली टिम टर्कीको इस्तानबुल हुँदै उज्बेकिस्तान पुग्ने छन्।
उज्बेकिस्तानको जेएआर स्टेडियममा हुने छनोटमा नेपाल समूह ’एफ’ मा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ।
नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ।
भदौ २८, २०७८ सोमबार १९:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।