तालिबानकाे कानुनः महिलालाई पढ्न दिने, पुरुषसँग एउटै कक्षामा बस्न भने नदिने

यद्यपि महिला र पुरुषलाई एउटै कक्षाकोठामा भने बस्न नदिइने भएकाे छ। तालिबान सरकारका शिक्षामन्त्रीले महिला र पुरुषलाई वैकल्पिक दिनमा पढाउन निर्देशन दिएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार महिलालाई शिक्षा आर्जन गर्न दिइने भए पनि धेरै महिला डरका कारण निस्किएका छैनन्। काबुलकाे गालिब विश्वविद्यालयका कूल दुई हजार चार सय महिला विद्यार्थीमध्ये जम्मा ६० प्रतिशतले मात्र गत साता भर्ना गरे भने कक्षामा केबल २१ जना उपस्थित भएका थिए।
यस्तै विश्वविद्यालयहरूलाई लिङ्गका आधारमा पोसाकसम्बन्धी नयाँ नियम लागू गरिने छ भने अध्यापन गराइने विषयहरूकाे पनि समीक्षा गरिने भएकाे छ। तालिबानले महिलाहरूलाई रोजगारीमा पनि प्रतिबन्ध नलगाउने जनाएको छ।
यसअघि सन् १९९६ देखि २००१ सम्मको तालिबानी शासन व्यवस्थामा महिलालाई शिक्षा र राेजगारीबाट वञ्चित गरिएकाे थियाे।
भदौ २८, २०७८ सोमबार १७:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।