नेप्सेमा ७१ अंकको उछाल

काठमाडौंः साताको पहिलो दिन नेप्सेमा ७१.४३ अंकको उछाल आएको छ। आइतबार नेप्से २९४७.४२ अंकमा पुगेको छ। आज २३१ वटा कम्पनीको १ करोड ७१ लाख ३३३ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४४ करोड ५३ हजार २४४ रुपैयाँको कारोबार भएको छ।
म्युचुअल फण्ड बाहेकका सबै सव–इन्डेक्समा हरीयाली छाएको छ। म्युचुअल फण्डमा ०.२९ प्रतिशतले गिरावट आएको हो।
यस दिन सबैभन्दा धेरै उछाल आउने सब–इन्डेक्समा हाइड्रोपावर छ। यस दिन हाइड्रोपावर ६.३७ प्रतिशतले बढेको छ। यस्तै बैंकिङ र ट्रेडिङ १.२५ प्रतिशतले वृद्धि भएको छ भने होटल एण्ड टुरिजम २.२३ प्रतिशतले, डेभलपमेन्ट बैंक ५.१३ प्रतिशत, फाइनान्स ४.०८ प्रतिशतले वृद्धि भएका छन्।
आइतबार झन्डै एक दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यो दिनको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्नेमा राष्ट्रिय बीमा कम्पनी, अरुणकाबेली पावर, नेपाल हाइड्रोपावर कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स, लिबर्टी इनर्जी कम्पनी, फर्स्ट माइक्रोफाइनान्स, छ्याङ्दी हाइड्रो, पाँचथर पावर कम्पनी र अपी पावर कम्पनी छन्।
भदौ २७, २०७८ आइतबार १६:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।