चैत मसान्तभित्र मात्र मेलम्चीको पानी आउने

चैत मसान्तभित्र मात्र मेलम्चीको पानी आउने

काठमाडौँ : सरकारले आगामी चैत मसान्तभित्रमा मेलम्ची खानेपानी आपूर्तिको प्रबन्ध मिलाउने तयारी गरेको छ। बाढीबाट मेलम्ची खानेपानी आयोजनामा समेत क्षति पुगेपछि काठमाडौँ पानी ल्याउने क्रम रोकिएको छ।

संसद्मा शुक्रवार पेस भएको बजेटको प्रतिस्थापन विधेयकमा २०७८ चैत मसान्तभित्र आवश्यक मर्मत तथा पुनर्स्थापना गरेर नियमित खानेपानी आपूर्ति हुने प्रबन्ध मिलाएको उल्लेख छ।

नदी कटान र बाढी पहिरोको कारण भएको सडक लगायतको क्षतीको तत्काल पुनर्निर्माण  पुनर्स्थापना कार्यक्रमका लागि बजेट छुट्टाएको विधेयकमा उल्लेख छ।

मेलम्चीमा आएको भिषण बाढीका कारण मेलम्ची खानेपानीको क्याम्प साइट पुरिएको थियो। बाढीआउनु अगाडि नै सुरुङको ढोका लगाइएकाले मुल सुरुङमा भने क्षती नभएको अनुमान छ।

भदौ २५, २०७८ शुक्रबार २०:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।