आलमकाे रिटमाथि भएन सुनुवाइ, मुद्दा 'हेर्न नमिल्ने'मा

आलमकाे रिटमाथि भएन सुनुवाइ, मुद्दा 'हेर्न नमिल्ने'मा

काठमाडाैंः पूर्वमन्त्री अफ्ताब आलमकाे मुद्दा 'हेर्न नमिल्ने' सूचीमा राखिएकाे छ। शुक्रबार सर्वाेच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र हरि फुयाँलको संयुक्त इजलासमा पेशी ताेकिएकाे मुद्दालाई हेर्न नमिल्ने सूचीमा राखिएकाे हाे। 

पूर्वमन्त्री आलमले साधारण तारेखमै मुद्दा लड्न पाउँ भन्दै दायर गरेकाे रिटमाथि आज सुनुवाइ हुने भनिएकाे थियाे। 

राैतहटमा भएकाे बम विस्फाेटका घाइतेलाई जिउँदै इँटाभट्टामा जलाएकाे आराेपमा उनलाई जिल्ला अदालत राैतहटले पुर्पक्षका लागि थुनामा पठाएकाे थियाे। हाल आलम नख्खु कारागारमा रहेका छन्।

प्रहरीले आलमलाई २०७६ साल असोज २६ गते पक्राउ गरेकाे थियाे। 

भदौ २५, २०७८ शुक्रबार १३:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।