लुम्बिनीमा एक मन्त्रीलाई चार मन्त्रालयको जिम्मेवारी

बुटवल : लुम्बिनी प्रदेशका ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीलाई थप ३ मन्त्रालयको जिम्मेवारी दिइएको छ।
मन्त्री विहिन रहेका उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, वन वातावरण तथा भु संरक्षण मन्त्रालय र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी चौधरीलाई दिइएको हो।
मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले थप ३ मन्त्रालयको जिम्मा चौधरीलाई दिएका हुन। बजेटको तयारी गर्न आफुलाई थप ३ वटा मन्त्रालयको जिम्मेवारी आएको मन्त्री चौधरीले बताए।
मन्त्रिमण्डल विस्तार गर्न केही ढिलाई हुने भएपछि मन्त्रीहरुले जिम्मेवारी बाँडेर बजेट संसोधनको काम गरिरहेको उनले बताए।
गठबन्धन सरकारले बनाएका १३ मन्त्रालयमध्ये आन्तरिक मामिला तथा सञ्चार, कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय मन्त्रीविहिन छन्।
भदौ २२, २०७८ मंगलबार २०:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।