एमाले लुम्बिनी प्रदेशमा जिम्मेवारी बाँडफाँड 

एमाले लुम्बिनी प्रदेशमा जिम्मेवारी बाँडफाँड 

बुटवल : नेकपा एमालेले लुम्बिनी प्रदेश अध्यक्षको जिम्मेवारी लीला गिरीलाई दिएको छ।

बुटवलमा प्रदेशको जारी बैठकबाट अध्यक्षमा लीला गिरी (रुपन्देही), उपाध्यक्षमा खेममान खड्का (रोल्पा) र सचिवमा भुमिश्वर ढकाल (रुपन्देही) लाई जिम्मेवारी दिएको एमालेले जनाएको छ। 

त्यस्तै सह सचिवको जिम्मेवारी दुर्गा थारु (बाँके) लाई दिइएको छ। बैठकले नेकपा एमालेको लुम्बिनी प्रदेशका सबै पार्टी कमिटीलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काउने निर्णय गरेको प्रदेश सचिव भुमिश्वर ढकालले जानकारी दिए। 

एमाले उपमहासचिव विष्णु पौडेलको उपस्थितिमा बुटवलमा जारी बैठकले प्रदेशका १२ वटै जिल्लाका सबै कमिटीलाई जेठ २ को अवस्थामा फर्काउने निर्णय भएको उनले बताए। त्यस्तै उनले नेकपा एकतापछि जोडिएका नेता कार्यकर्तालाई उचित व्यवस्थापनको खाका बनाइएको बताए।

बैठकका निर्णयहरुबारे बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराउने एमालेले जनाएको छ। 

बैठकमा उपमहासचिव विष्णु पौडेल, शंकर पोखरेल, टोप बहादुर रायमाझी सहितका नेता उपस्थित भए पनि एमाले नेता घनश्याम भुसाल उपस्थित भएनन्।

भदौ २२, २०७८ मंगलबार १९:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।