मापदण्ड अनुसार निर्माण सक्न ठेकेदारलाई योजना आयोगका सदस्यको निर्देशन

मापदण्ड अनुसार निर्माण सक्न ठेकेदारलाई योजना आयोगका सदस्यको निर्देशन

सिन्धुपाल्चोक : राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले तोकिएको समय भित्रै मापदण्ड अनुसार सडक निर्माण सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन्।

सिन्धुपाल्चोकको बलेफी तेम्बाथान सडक खण्डको सोमबार स्थलगत निरीक्षण पछि फुयाँलले सडक निर्माण पक्षलाई निर्देशन दिएका हुन्।

आयोगका सदस्य फुयाँल, सभामुख अग्निप्रसाद सापकोटा, सडक डिभिजन कार्यालय दोलखा र प्रादेशिक सडक डिभिजन कार्यालय खुर्कोटबाट खटिएका प्राविधिक सहितको टोलीले निर्माणाधीन सडकको  निरीक्षण गरेको थियो। 

अरनिको राजमार्ग अन्तरगतको बलेफी बजार देखि नौबिसे सडक खण्ड र जलवीरे देखि कात्तिके सडक खण्डको जुगल गाउँपालिका अन्तरगतको ढाँडे हुँदै गणेश खोलासम्मको स्थलगत निरीक्षणका क्रममा निर्माण कार्यमा थुप्रै सुधारको आवश्यकता औँल्याइएको छ। जलवीरे कात्तिके सडक खण्डका लागि ठेक्का पाएको निर्माण पक्षलाई डिपीआर, ड्रोइङ र डिजाइन अनुसार निर्माण कार्य सम्पन्न गर्न निर्देशन टोलीले निर्देशन दिएको छ।

निर्माण पक्षको लापरबाही र सरकारी संयन्त्रको फितलो अनुगमनका कारण समयमा गुणस्तरीय सडक निर्माण नहुँदा सर्वसाधारणले भने बर्षेनी सास्ती भोग्नु परेको छ ।

भदौ २२, २०७८ मंगलबार ०९:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।