सञ्चय कोषको सञ्चालन पारदर्शी ढङ्गले गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चय कोष सञ्चालक समितिका नवनियुक्त अध्यक्ष सचिव कृष्णहरि पुष्कर कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
शनिबार बसेको मन्त्रिपरिषद् बैठकले राजश्व सचिव कर्णलाई समितिको अध्यक्षमा नियुक्त गरेको थियो। सोमबार अर्थ मन्त्रालयमा मन्त्री शर्माले अध्यक्ष कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
शपथपछि अर्थमन्त्री शर्माले कोषको सञ्चालन मर्यादित र पारदर्शी ढङ्गले गर्न निर्देशन दिएका छन्। ‘हडतालजन्य कामहरू हुने वातावरण नहोस्’, उनले भने,‘कोष मर्यादित रूपमा सञ्चालनमा आओस्।’
यसअघि राजस्व सचिव रामशरण पुडासैनी समितिको अध्यक्ष थिए। उनी सेवा निवृत्त भएपछि गत साउन २४ गतेदेखि कोष सञ्चालक समितिको अध्यक्ष पद रिक्त थियो।
भदौ २१, २०७८ सोमबार २२:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।