सिद्धार्थनगर नगरपालिका उपप्रमुखसहित पाँच जना नेकपा एकीकृत समाजवादीमा

सिद्धार्थनगर नगरपालिका उपप्रमुखसहित पाँच जना नेकपा एकीकृत समाजवादीमा

बुटवल : रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्ले सहितका ५ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्।

सोमबार निर्वाचन कार्यालय भैरहवा पुगेर उनीहरूले समाजवादी रोजेको सनाखत गरेका हुन्।

काफ्ले सहित  बुटवल उपमहानगर पालिका वडा नम्बर २ का वडा सदस्य सुनिल शाक्य, वडा नम्बर ३ का वडा सदस्य चिन बहादुर गुरुङ, वडा नम्बर १९ का वडा सदस्य गोपाल नेपाल र तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य यज्ञेश्वर क्षेत्रीले समाजवादी रोजेको समाजवादी रुपन्देहीका संयोजक राजु गुरुङले बताए। 


रुपन्देहीमा समाजवादी रोज्न बाँकी रहेका केही जनप्रतिनिधिले भोलि मङ्गलवार सनाखत गर्ने उनको भनाई छ ।
 

भदौ २१, २०७८ सोमबार १५:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।