नेपाल भारत मैत्रीपूर्ण खेलमा नेपाल २–१ ले पराजित

नेपाल भारत मैत्रीपूर्ण खेलमा नेपाल २–१ ले पराजित

काठमाडौँ  : दशरथ रङ्गशालामा जारी नेपाल भारत मैत्रीपूर्ण फुटबलमा नेपाल २–१ अन्तरमा पराजित भएको छ।

भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलको ६३ औँ मिनेटमा फारुख चौधरी र ८० औँ मिनेटमा कप्तान सुनिल क्षेत्रीले गरेको गोलले भारतलाई विजेता बनाएको हो। नेपालका लागि खेलको ८७ औँ मिनेटमा गोल गर्दै मिडफिल्डर तेज तामाङले गोल अन्तर लाई घटाएका थिए। उनले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहारले जाली चुमेको थियो। तेजको यो नेपालका लागि पहिलो गोल हो ।

घरेलु फुटबलमा नेपाल पुलिस क्लबका चर्चित खेलाडी तेजले चोटका कारण विश्वकप तथा एसिया कप छनोटको दोस्रो चरणका खेलहरू गुमाएका थिए। 

तेजले १ गोल फर्काए पनि नेपाली टोलीले भारतसँग जित हासिल गर्न सकेन।

नेपालले बिहीबार भएको पहिलो खेलमा १–१ को बराबरी नतिजा निकालेको थियो । अर्को महिना मालदिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि यो मैत्रीपूर्ण खेल भएको हो। 

भदौ २०, २०७८ आइतबार १९:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।