नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

दशरथ रङ्गशालामा बेलुकी साढे ५ बजे नेपाल र भारतको फुटबल टिमबीच दोस्रो मैत्रीपूर्ण खेल हुन लागेको हो। दुई देशको फुटबल टिमबीच बिहीबार भएको पहिलो खेल १-१ गोलको बराबरीमा सकिएको थियो।
मालदिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलेको हो। नेपाली टिम भारतसँगको खेलपछि सेप्टेम्बर १० मा बन्द प्रशिक्षणका लागि कतार जानेछ। साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म आयोजना हुनेछ।
नेपाल र भारतबीच अहिलेसम्म २० खेल हुँदा नेपालले २ खेल मात्र जितेको छ।
भदौ २०, २०७८ आइतबार ०९:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।