रामेछापको दोरम्बामा फुटबल प्रतियोगिता हुने

गुराँसदेवी युवा क्लबले शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर फुटबल प्रतियोगिता आयोजना हुने जानकारी दिएको हो। प्रतियोगिता असोज ३१ गतेबाट कात्तिक ४ गतेसम्म हुनेछ।
दोरम्बास्थित सैलुङमा आयोजना हुने प्रतियोगितामा नेपालका चर्चित ३२ क्लबहरूले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख पाउने छन्। तेस्रोले ५० हजार र चौथोले २५ हजार पाउने आयोजकले जनाएको छ।
प्रतियोगिता आयोजना गर्न ५१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार पाउने गुराँसदेवी युवा क्लबका अध्यक्ष मदन थापा मगरले जानकारी दिए। उनका अनुसार उत्कृष्ट डिफेन्डर, गोलकिपर, मिडफिल्डर, फरवार्ड र सर्वाधिक गोलकर्ताले ५/५ हजार पाउने छन्।
भदौ १९, २०७८ शनिबार २०:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।