कैलालीमा सवारी दुर्घटना हुँदा  तीन जनाको मृत्यु चार घाइते

कैलालीमा सवारी दुर्घटना हुँदा  तीन जनाको मृत्यु चार घाइते

धनगढी : कैलालीको पुर्व पश्चिम राजमार्गमा विइङ्गर र अटो एक आपसमा ठोक्किदा ३ जनाको मृत्यु भएको छ,४ जना घाइते भएका छन।

शुक्रवार राती गौरीगंगा नगरपालिका– ४, राजिपुरमा पुर्वतर्फ गईरहेको म १ ज ३१९ नम्बरको विइङ्गर र पुर्व बाट पश्चिम तर्फ आईरहेको से १ ह २५१० नम्बरकोे अटो एक आपसमा ठोक्किदा ३ जनाको मृत्यु भएको हो।


मृत्यु हुनेमा अटोमा सवार घोडाघोडी नगरपालिका – ९ का २४ बर्षीय युवराज चौधरी, सोही ठाउँका २६ बर्षीय भिगम चौधरी र १९ बर्षीय जितेन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

अटोमा सवार ७ जना घाइते मध्ये ३ जनाको उपचारका क्रममा सेती अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा परि घाइते हुनेमा घोडाघोडि नगरपालिका – ९ कै २४ बर्षीय दिपेन्द्र चौधरी, सोही ठाउँका अटो चालक २२ वर्षीय सुरेश चौधरी, २० वर्षीय असान्त चौधरी र ३० वर्षीय हरी चौधरी रहेका छन्।

घाईते चारै जनाको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ।

प्रहरीले विईङ्गर सहचालक जिल्ला कञ्चनपुरको बेदकोट नगरपालिका १० का २५ बर्षीय धनु रावललाई नियन्त्रणमा लिए पनि चालक फरार छन्।
 

भदौ १९, २०७८ शनिबार ०८:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।