अर्घाखाँचीमा चार जना जनप्रतिनिधिले त्यागे एमाले

बुटवल : अर्घाखाँची जिल्लामा एमालेबाट निर्वाचित ४ जना जनप्रतिनिधि एकीकृत समाजवादीमा सनाखत गरेका छन्।
जिल्लामा सनाखत गर्ने आज दोस्रो दिन पाणिनी गाउँ पालिका उपाध्यक्ष लक्ष्मी गौतम सहित ४ जनाले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। गौतम अनेमसंघ अर्घाखाँचीकी उपाध्यक्ष पनि हुन्।
यस्तै आज सनाखत गर्नेमा पाणिनि गाउँपालिका वडा न. ३ का निर्वाचित वडा सदस्य ओमप्रकाश भुसाल, सन्धिखर्क नगरपालिका वडा न. १ कि निर्वाचित महिला सदस्य सुमित्रा मुखिया र मालारानी गाउँपालिका वडा नं ५ का सदस्य डोल बहादुर चौहान रहेका छन्।
भुसाल नेकपा एमाले लुम्बिनी प्रदेश सामान्य प्रशासन विभाग सदस्य तथा मुखिया नेकपा एमाले जिल्ला कमिटी सदस्य हुन।
भदौ १८, २०७८ शुक्रबार १९:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।