लुम्बिनी प्रदेशका मन्त्रीहरूको कार्य विभाजन

लुम्बिनी प्रदेशका मन्त्रीहरूको कार्य विभाजन

 पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालय डिल्लीबहादुर चौधरी, आर्थिक मामिला तथा सहकारी मन्त्रालय कृष्णध्वज खड्का, भौतिक पूर्वाधार विकास मन्त्रालय सहस्रराम यादव र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा अजय शाहीले जिम्मेवारी पाएका छन्। 

त्यस्तै आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, वन, वातावरण तथा भू–संरक्षण मन्त्रालय, शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालय मुख्यमन्त्री कुलप्रसाद केसी आफैले राखेका छन्।

मन्त्री सुमन शर्मा रायमाझी र पुर्मती ढेंगालाई अझै विना विभागीय राखिएको छ।

भदौ १८, २०७८ शुक्रबार १४:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।