हेलम्बु राजमार्ग अवरुद्ध

मेलम्ची–जिरो किलो सडक खण्डस्थित मेलम्ची नगरपालिका–१३ ,फटकशिलाको रातो पहरोमा माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको हो।
दुई दिन अघि मात्र पहिरो पन्छाएर सुचारु गराइएको सडक पहिरोले पुनः अवरुद्ध भएको प्रहरीले जनाएको छ।
वर्षा नरोकिएकाले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन समस्या भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टिकाराम राईले बताए। साउन अन्तिम देखिनै यहाँ निरन्तर माथि बाट पहिरो र तलबाट खोलाले सडक कटान गरिरहेको छ।
भदौ १८, २०७८ शुक्रबार १०:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।