टेलिकमको सिममा विदेशबाट मिस्ड कल आए सचेत हुनु

टेलिकमको सिममा विदेशबाट मिस्ड कल आए सचेत हुनु

काठमाडौँ : नेपाल टेलिकमले आफ्नो ग्राहकको नम्बरमा विदेशबाट मिस्ड कल आउने र सो नम्बरमा कल गर्दा कल सफल भए पनि कोही नबोल्ने र मेसिनले स्वचालित जवाफ दिने समस्या देखिएको बताएको छ। मिस भएको कलमा कल गर्दा कोही नबोले पनि ग्राहकको ब्यालेन्सबाट पैसा काटिने समस्या देखिएको उसले जानकारी दिएको छ।

मोबाइलमा अटो डायल हुने, अटो डायल भएका ग्राहकको मोबाइलमा कल लग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिने गरेको टेलिकमले बिहीबार जानकारी दिएको हो।

टेलिकमले यो समस्याबाट जोगिन मोबाइलमा राखिएको शङ्कास्पद एवम् अनावश्यक एपहरू तुरुन्तै हटाउन आफ्ना ग्राहकलाई आग्रह गरेको छ। 

कम्पनीले टेलिकमले उपलब्ध गराउने लकिङ कोड प्रयोग गर्न आग्रह गर्दै आइएसडी सेवा खोली कल गर्ने र आवश्यक नहुने समयमा सो सेवा पुनः बन्द गर्न सकिने जानकारी दिएको छ।

 

भदौ १७, २०७८ बिहीबार २१:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।