१९ वटा लघुवित्त वित्तीयका सञ्चालक र  प्रमुख कार्यकारी कारबाहीमा परे

१९ वटा लघुवित्त वित्तीयका सञ्चालक र  प्रमुख कार्यकारी कारबाहीमा परे

काठमाडौँ : १९ वटा लघुवित्त वित्तीय संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत कारबाहीमा परेका छन्। संस्थापक सेयर खरिद बिक्री गरेको देखिएपछि  राष्ट्र बैङ्कले सञ्चालक र सीइओलाई कारबाही गरेको हो।

पदमा हुँदा वा पदबाट हटेको १ वर्षसम्म संस्थाको सञ्चालक, सिइओ तथा म्यानेजमेन्टका कर्मचारीले संस्थापक सेयर खरिद बिक्री गर्न नपाउने कानुनी प्रावधान हुँदाहुँदै उनीहरूले उलङ्घन गरेको देखिएपछि कारबाहीमा परेका हुन्।

जानकार स्रोतका अनुसार  एनआरएन लघुवित्त, स्मार्ट लघुवित्त, स्वेडा लघुवित्त, फरवार्ड माईक्रोफाइनान्स, सामुदायिक लघुवित्त, वीपीडव्लयु लघुवित्त, सल्भ लघुवित्त, गरिबी न्यूनीकरण लघुवित्त, नेष्डो समृद्धि लघुवित्त, आरम्भ लघुवित्त र नेपाल एग्रो लघुवित्त संस्थाका संस्थापकले गैर कानुनी रूपमा सेयर खरिद बिक्री गरेका थिए। यसै गरी सपोर्ट लघुवित्त, घोडाघोडी लघुवित्त, बुद्ध ज्योति लघुवित्त, जनकपुर लघुवित्त, समाज लघुवित्त र जीवन विकास लघुवित्तका संस्थापकले १ वर्ष अगावै सेयर खरिद बिक्री गरेको खुलेपछि कारबाही भएको हो।

 

भदौ १७, २०७८ बिहीबार २१:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।