अर्घाखाँची सिमेन्टले प्राथमिक सेयर ल्याउने

अर्घाखाँची सिमेन्टले प्राथमिक सेयर ल्याउने

काठमाडौँ : अर्घाखाँची सिमेन्टले आगामी वर्ष प्राथमिक सेयर जारी गर्ने तयारी गरेको छ। बिहीबार कम्पनीले पत्रकार सम्मेलन आयोजना गरेर सो जानकारी दिएको हो। 

कम्पनीका प्रमुख वित्त अधिकृत राजु पौडेलले  सर्वसाधारणको लागि सेयर खुलाउने तयारी अगाडी बढेको जानकारीिदँदै अर्को आर्थिक वर्ष भित्र सर्वसाधारणलाई सेयर जारी गरिसक्ने बताए।

कम्पनीले उत्पादन गरिरहेको अर्घाखाँची ओपिसी सिमेन्टले ४३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको सोही कार्यक्रममा बताइएको थियो। नेपाल गुणस्तर तथा नापतौल विभागले एनएचएस–५७२ प्रमाणीकरण गरी कम्पनीलाई आज ४३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो। 

 

भदौ १७, २०७८ बिहीबार २०:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।