मर्चवारी गाउँपालिकाका अध्यक्षले रोजे लोसपा 

मर्चवारी गाउँपालिकाका अध्यक्षले रोजे लोसपा 

जनता समाजवादी पार्टी विभाजन पछि नेता महन्थ ठाकुरले निर्वाचन आयोगमा लोसपा दर्ता गरेका छन्। दल दर्ता पछि निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिहरूलाई भदौ २२ गतेसम्म दल रोज्न पाउने समय दिएको छ। 

मर्चवारी अध्यक्ष बानियाँ, कार्यपालिका सदस्यहरू पुनम मिश्रा, सुनिता हरिजन र राजेश हरिजनले बिहीबार जिल्ला निर्वाचन कार्यालय, रुपन्देहीमा आएर लोसपामा सनाखत गरेको प्रमुख जिल्ला निर्वाचन अधिकारी अयोध्या भण्डारीले जानकारी दिए।

स्थानीय निर्वाचनमा उपेन्द्र यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम नेपालबाट बानियाँ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। पछि पार्टी एकीकृत भएपछि जसपामा रहँदै आएका उनी दल विभाजनपछि लोसपामा लागेका हुन्।

सात वटा वडा रहेको मर्चवारीमा जसपाले पालिका अध्यक्ष, उपाध्यक्षसहित वडा नम्बर २, ३, ४, ५ र ७ मा वडाध्यक्ष जितेको थियो। यी वडामध्ये २, ५ र ७ मा सबै सदस्य जितेको थियो। यस्तै, वडा नम्बर ३ मा ३ जना सदस्य र ४ मा २ जना सदस्य जितेको थियो। वडा नम्बर १ र ६ मा भने कुनै पद जितेको थिएन।

भदौ १७, २०७८ बिहीबार १९:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।