नेप्से ५० अङ्कले घट्यो, कारोबार ९ अर्ब ५० करोड

बुधबार नेप्से परिसूचक १.१४ अङ्कले बढेर २९७६.९८ विन्दुमा पुगेको थियो। तर, बिहीबार नेप्से परिसूचक ५० अङ्कले घटेर परिसूचक २९२६.८९ विन्दुमा कायम भएको छ।
२३० कम्पनीका १ करोड ८१ लाख ९ हजार ९६७ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ९२२ रुपैयाँको कारोबार भएको छ।
बुधबार ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको थियो।
बिहीबारको कारोबारमा १३ वटै उपसमूह राताम्मे भएका छन्।
भदौ १७, २०७८ बिहीबार १५:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।