बुटवल–पाल्पा सडक खण्ड दैनिक ११ घण्टा बन्द हुने

बुटवल–पाल्पा सडक खण्ड दैनिक ११ घण्टा बन्द हुने

सिद्धार्थ राजमार्गको तानसेन नगरपालिका–८ तल्लो डुम्रेमा गएको पहिरो हटाउन बिहीबार र शुक्रवार  दुई दिन साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सडकमा सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ। 

 

त्यस अवधिमा अत्यावश्यक बाहेक अन्य सवारी साधनलाई पूर्ण रूपमा रोक लगाइएको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए। दिउँसोको समयमा भने सडक नियमित सुचारु हुने छ।
 

भदौ १७, २०७८ बिहीबार १४:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।