लुम्बिनी प्रदेश सभा सदस्यमा निर्मला मुडभरी भट्टराई

बुटवल : लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टीले कारबाही गरेपछि रिक्त भएको प्रदेशसभा सदस्यमा रुपन्देहीकी निर्मला मुडभरी भट्टराई निर्वाचित गरेको निर्वाचन आयोगले जनाएको छ।
आयोगले एक सूचना जारी गर्दै जनता समाजवादी पार्टीको भट्टराईलाई निर्वाचित गरेको जनाएको हो।
समाजवादी पार्टीले लुम्बिनी प्रदेशसभा सदस्य कल्पना पाण्डे लम्साललाई कारबाही गरेपछि रिक्त भएको पदमा समानुपातिक मधेसी समावेशी समूहबाट भट्टराईलाई निर्वाचित गरेको हो।
साउन ३२ गते जनता समाजवादी पार्टी केन्द्रीय कार्यकारिणी बैठकको निर्णय अनुसार बन्द सूची उम्मेदवारमध्येबाट मुडभरी भट्टराईलाई आयोगको भदौ १० गतेको बैठकले रिक्त पदमा निर्वाचित गरेको पत्रमा उल्लेख गरेको छ।
भदौ १६, २०७८ बुधबार २१:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।